जन्ती बोकेर गएको अरनीको बस दोलखामा दुर्घटना, घाइतेको काठमाडौमा उपचार गरिदै - Akhabaronline
समाचार

जन्ती बोकेर गएको अरनीको बस दोलखामा दुर्घटना, घाइतेको काठमाडौमा उपचार गरिदै

 

काठमाडौ ४ माघ । दोलखा जिल्लाको दक्षिणी तामाकोसी गाउँपालिका(४ मालु योगीगाउँमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३५ जना भन्दा बढी घाइते भएका छन । दोलखाबाट सिन्धुली जिल्लाको ग्वालटारतर्फ जन्ती लिएर जाँदै गरेको अरनीको यातयातको बा२ख ३७६० नम्बरको बस शुक्रबार बिहान साढे ४ बजेतिर योगीगाउँमा दुर्घटना भएको थियो।
बस दुर्घटनामा परी गम्भीर घाइते ५ जनालाई काठमाडौ ल्याइएको अरनिको यातायात व्यवसायी समितिका अध्यक्ष श्याम लामाले अखबार अनलाइनलाई बताए । अध्यक्ष लामाका अनुसार दुर्घटनामा गम्भीर घाइते मध्ये ४ जनाको ग्राण्डी इन्टरनेशनल अस्पतालमा र एक जनाको मध्यपुर ठिमीमा उपचार भइरहेको छ त्यसैगरी ९ जनाको दोलखाकै हस्पिटलमा उपचार भइरहेको जनाएका छन ।

ओरालोमा थप जन्ती पर्खिरहेको बस अघि बढ्ने क्रममा बस एक्कासी पछाडीतर्फ गुडेर करिब ३० मिटर तल गुल्टिएको प्रहरीले जनाएको छ। बेहुला र केही जन्ती भने सानो गाडीमा रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरीले जनाएको छ। बस रिजर्भमा लगिएको भएपनि अरनिको यातायातले नियम अनुसार नै घाइतेको उपचार गर्ने अरनिको यातायात ब्यवसायी समितिका अध्यक्ष श्याम लामाले बताए । अध्यक्ष लामाले भने ‘बस रिजर्भमा गएपनि समितिमा जानकारी भएर लगिएको हुनाले हामीले दिने सेवा सुविधा लगायत उपचारको जिम्मेवारी लिने छौ ’

AKHABAR ONLINE TV

Related Articles

Back to top button