जन्मभूमि नेपाल साहित्य समाजको रचना वाचन कार्यक्रम सम्पन्न, क-कसले गरे रचना वाचन ? - Akhabaronline
Uncategorized

जन्मभूमि नेपाल साहित्य समाजको रचना वाचन कार्यक्रम सम्पन्न, क-कसले गरे रचना वाचन ?


काठमाडौ १५ मंसिर । साहित्य तथा सिर्जनाको संरक्षण गर्दै स्रष्टालाई सम्मान गर्ने उद्देश्य बोकेको जन्मभूमि नेपाल साहित्य समाजले नियमित रुपमा रचना वाचन कार्यक्रमको आयोजना गर्दै आएको छ । समाजले शनिबार काठमाडौमा नियमित रचना वाचन कार्यक्रमको आठौँ श्रीङ्खला सम्पन्न गरेको छ । काठमाडौको बुढानिलकण्ठ नगरपालिका वडा १२ स्थित पूर्णप्रकाश यात्री पुस्तकालयमा रचना वाचन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा साहित्यकार विपीन देव प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष डिल्लीप्रसाद मुलतीहुनले कार्यक्रमको सभापतित्व गरेका थिए ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका, वडा नं. १२ का वडा सदस्यहरू पुरुषोत्तम नेपाल र डिल्लीप्रसाद खतिवडाले आतिथ्य ग्रहण गरी आ-आफ्ना रचना समेत सुनाएका थिए । त्यसैगरी संस्थाका संरक्षणक प्रयागराज वाशिष्ठ, ओमप्रसाद कोइरालाले आतिथि ग्रहण संगै रचना सुनाएका थिए ।  संस्थाका कोषाध्यक्ष दिपक दाहालले आफना रचनाहरु सुनाउदै कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा संस्थाका सल्लाहकार डा. कृष्णप्रसाद भट्टराई, चेतनाथ धमला, संस्थाका अध्यक्ष डिल्लीप्रसाद ‘मूलतिहुन’ संस्थापक सदस्य मुना खतिवडा , दुर्गा धमला, पुष्पा धमला, कविता पोख्रेल लगायतले आफना रचना वाचन गरेका थिए ।


त्यसैगरी कार्यक्रममा नेता तथा साहित्यकार बालकृष्ण दाहालले आफना केही भनाइ राख्दै ‘आमा’ शिर्षकको कविता वाचन गरेका थिए । साथै साहित्यकार विनोद दाहाल ‘वत्स’, पदम मुनारी वाहिङ, पूजा अधिकारी, संस्थापक सदस्य खडानन्द लुइटेल,  टिकाराम खतिवडा, पर्शुराम अधिकारी, केशव पाठक, देवीप्रसाद वराल, नारायण नेपाल, पुरुषोत्तम नेपाल, दुर्गा अधिकारी, उमा दाहाल, जानुका दाहाल, महेश वाग्ले, सिम्रन, जय बराइली, अञ्जु श्रेष्ठ, करुणा तामाङले आफना रचनाहरु वाचन गरेर सुनाएका थिए ।

त्यसैगरी कार्यक्रममा बैतडीबाट हिरा भट्टले टेलिफोन मार्पmत आफना रचना वाचन गरेर सबैलाई सुनाएका थिए । कार्यक्रममा सहभागी अतिथि नेपाली कांग्रेसका नेता तथा साहित्यकार बालकृष्ण दाहालले संस्थालाई पुस्तक हस्तान्तरण गरेका थिए भने । प्रमुख अतिथि साहित्यकार विपिन देवलाई संस्थाको तर्पmबाट अध्यक्ष डिल्लीप्रसाद मुलतीहुनले मायाको चिनो दिएका थिए । जन्मभूमि नेपाल साहित्य समाजले प्रत्येक महिनको तेश्रो शनिबार रचना वाचन कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Related Articles

Back to top button