जमिनमुनी गाडिएको अवस्थामा फेला परे १ सय १५ जनाको शव - Akhabaronline
मुख्य खबरविश्व

जमिनमुनी गाडिएको अवस्थामा फेला परे १ सय १५ जनाको शव

दमास्कस । सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमुनी पुरिएको अवस्थामा १ सय १५ बन्दा बढीको लास निकालिएको छ । जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ वटा शव बाहिर निकालिएको हो ।

ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृतगर्दै समाचार संस्था सानाले जनाएको छ ।

ती शव भेटिएको घटनास्थल इस्लामिक स्टेटका लडाकूले केही वर्षअघिदेखि नै आफ्नो नियन्त्रणमा लिएको सहर हो ।

उनीहरुलाई सन् २०१४ को मध्यतिर मिब्डी अफ्नान नजिकैको ठाँउमा आईएस लडाकूहरुले मारेको सानाले लेखेको छ । सवै शवलाई लडाकूहरुले एकै रातमा जमिनमा पुरेर छाडेका थिए ।

सानाले जनाएअनुसार अर्को आम चिहानबाट पनि शवहरु बाहिर निकालिएको छ । तर त्यसलाई सार्वजनिक गर्ने कार्य भने तयारी अवस्थामै रहेको छ ।

सिरियाली सेनाले गत जुलाईमा डिब्सी अफ्नान र अरु क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसअगाडि अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्र्याटीक फोर्सले अक्टोबरमा रक्काको राजधानी कब्जामा लिएको थियो । एजेन्सीको हयोगमा

Related Articles

Back to top button