जसपाको विजय समारोहमा गम्बु शेर्पाको अमूल्य मत - Akhabaronline
Uncategorizedराजनीतिसमाचार

जसपाको विजय समारोहमा गम्बु शेर्पाको अमूल्य मत

भावुक बन्दै आँसु बहाए

जसपा खिजीदेम्बाले बर्खरै सम्पन्न निर्वाचनमा भएको आफ्ना उम्मेदवारहरुको विजयको खुसीयाली मनाउन आज विजय जुलुस समारोहको आयोजना ग¥यो । आयोजित समारोहमा खिजीदेम्बा गाउँपालिकाको अध्यक्ष पदमा भारी मतका साथ जीत हासिल गर्न सफल गम्बु शेर्पाले जनमानस सामुन्ने बोल्दै आफ्ना अमूल्य मत राखेका छन् ।

शेर्पाले जीतको श्रेय सबै पालिकावासी मतदातालाई दिदै जनताले दिएको मतको आफूले सधै कदर गर्ने र जनताको शीर निहुरने काम कहिल्यै नगर्ने प्रतिवद्धता जाहेर गरे । आफ्नो कार्यकाल विगतका अध्यक्षको भन्दा फरक रहने उदघोष गर्दै उनले जनताको समस्या, गुनासो र छलफलका लागि प्रत्येक ४ महिनामा सवै वडाहरुमा कार्यक्रम संचालन गरिने पनि जानकारी गराए ।

आफ्नो आगमनसंगै खिजीदेम्बा गाउँपालिकामा अब गुसखोरी प्रथाको अन्त हुने कुरा पनि उनले जनता सामु राखे । आफूले बहुमत प्राप्त नगरेकाले सबै घोषित कार्यक्रम संचालनमा र सम्पन्न गर्न विविध अवरोध आउन सक्ने भविष्यको आकलन गर्दै उनले यदि त्यस्तो अवस्था फरक पार्टीबाट आएका अध्यक्ष एवं अन्य कोही कसैबाट सृजना भएमा त्यसलाई जनता सामु ल्याएर नंग्याउने अठोट पनि उनले जनता माझ राखे । उनले भने, “यो सबै कार्यका लागि मलाई सधैभर तपाइँ जनताहरुको साथको जरुरी छ । त्यसैले अव तपाइँहरुमा पनि मेरो जस्तै जिम्मेवारी थपिएको छ । हामी सवै जिम्मेवार बनौं र आफ्नो ठाउँको विकासमा लागौँ ।”

लगभग एक घण्टा लामो भाषणमा शेर्पा निकै भावुक बनेका थिए । उनले आफुनो सफलताको पछाडि कार्यकर्ताले पु¥याएको योगदानको ऋण आफूले कहिल्यै पनि तिर्न नसक्ने भन्दै सबैका सामू कार्यकर्ताहरुप्रति सम्मानको आँसु बहाए । आफुलाई विजय गराउन सहयोग प्रदान गर्ने सम्पूर्ण देशविदेशमा रहनु भएका आफ्ना मित्र, आफन्त एवं शुभचिन्तकलाई पनि उहाले स्मरण गर्न भुलेनन् । सवैसामु आफूले उपहार स्वरुप प्राप्त गरेको कलमलाई देखाउदै उनले यस कलमबाट कहिल्यै गलत काम र योजनाका लागि हस्ताक्षर नहुने विश्वास पनि जनतालाई दिलाए ।

Related Articles

Back to top button