जाडोमा ओठ फुटेर हैरान हुनुभएको छ ? यसो गर्नुस - Akhabaronline
विचार

जाडोमा ओठ फुटेर हैरान हुनुभएको छ ? यसो गर्नुस

स्वास्थ्य । जाडोको मौषममा हर कोहीको ओठ फुट्ने गर्छ । ओठ निक्कै नै नाजुक अंग भएका कारणले जाडोको मौषममा फुट्ने गर्छ । ओठका साथै जाडो मौषममा मानिसहरुको हात खुट्टामा सबै फुट्ने समस्या देखा पर्छ । त्यस्तै छाला फुस्रो हुने समस्या पनी देखा पर्छ । कपालमा चाया समेत पर्ने गर्छ ।

जाडोमा मौषम सुख्खा हुनाले यस्तो समस्याहरु देखा पर्ने हुन्छ । जाडोमा तेलजस्तो पदार्थ निकाल्ने ग्रन्थीहरु फुट्छन र तैलिय पदार्थहरु निकाल्न बन्द गर्छन । यसरी यस्ता पदार्थहरु निकाल्न छाडेपछी छाला सुख्खा पर्न जान्छ र ओठ, छालाहरु फुट्न थाल्छन । यसबाट बच्नका लागी हामीले बाहिरी भ्यास्लिन जस्ता सामग्रीहरुको प्रयोग गर्नुपर्छ । तरल पदार्थको कमीले गर्दा यस्तो समस्या आउने हुनाले तरल पदार्थहरुको सेवन थाल्नुपर्छ । दुधको तर लगाउनुपर्छ ।

 

Related Articles

Back to top button