जाडो विदाका कारण नेविसंघ सोलुखुम्बुको जिल्ला अधिबेशन पछाडि धकेलिदै - Akhabaronline
मुख्य खबरराजनीति

जाडो विदाका कारण नेविसंघ सोलुखुम्बुको जिल्ला अधिबेशन पछाडि धकेलिदै

केदार बस्नेत,
सोलुखुम्बु २५ पुस । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सोलुखुम्बुको १२ औ जिल्ला अधिबेशन नजिकिन्दै छ । अधिबेशनको पुर्ब सन्धयामा स्थानिय अधिबेशन गर्न लागिएको सभापति अस्बिन बाबू थापाले जानकारी दिए । सभापति थापाका अनुसार नेचा सल्यान गाउपालिका बाहेक अन्य स्थानीय तहमा स्थानीय अधिबेशन जाडो बिदाका कारण स्थगन गरिएको सभापति थापाले बताए ।

जहाँ विद्यार्थी त्यहा नेबिसंघ भन्ने नाराका साथ बिद्यालयमा इकाई समिती गठन गरि रहिएको उपाध्यक्ष जीवन बस्नेतले जानकारी दिनुभयो ।स्थानीय अधिबेशन पछि छिट्टै जिल्ला अधिबेशन हुने नेबिसंघ सोलुले जनाएको छ ।असल र सक्षम नेतृत्व अधिबेशनबाट आउने बिद्यार्थीहरुले बताएका छन ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button