जिल्लामा भष्ट्रचार नियन्त्रण गर्न ओखलढुंगाका सिडियोलाई ध्यानाकर्षण - Akhabaronline
मुख्य खबरसमाचार

जिल्लामा भष्ट्रचार नियन्त्रण गर्न ओखलढुंगाका सिडियोलाई ध्यानाकर्षण

ओखलढुंगा १८ पुस । जिल्लामा ब्यापक भष्ट्रचार ब्यापक हुन थालेपछि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) समक्ष ध्यानकर्षण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी लगायतको समूहले ओखलढुंगाका सिडिओलाई मुनका न्यौपानेलाई भेटेर भष्ट्रचार नियन्त्रण गर्न ध्यानकर्षण गराएका हुन । जिल्लाको विभिन्न स्थानीय तहमा भ्रष्टाचार ब्यापक हुन थालेपछि उक्त टोली सिडओकोमा पुगेको हो । जिल्लाका विभिन्न स्थानीय तहमा निर्माणाधिन शिक्षा, स्वास्थ्य तथा विभिन्न सार्वजनिक भवन, सडक, पुल लगायत विकासे काममा भएको अनियमितता, भ्रष्टाचार रोक्नकालागि प्रमुख जिल्ला अधिकारीले भूमिका खेल्न नसकेको भन्दै आगामी दिनमा यसको अन्त्य गर्न सिडिओ लाइ केसीले कडा निर्देशन दिएको स्थानीय पत्रकार जीवन शर्माले उल्लेख गरेका छन ।

गाउगाउका नागरिकस्तरबाट स्थानीय तहमा हुने विकास निर्माणमा व्यापक भ्रष्टाचार हुँदै आएको भन्ने गुनासो र केही स्थानीय तहमा आफैले देखेका तथ्यगत आधारमा सिडिओलाइ ध्यानाकर्षण गरिएको ध्यानाकर्षण टोलीका एक नेता तथा सिद्धिचरण नगरपालिकका मेयरका प्रत्यासी डिल्ली खनालले बताए । उनले नगरपालिकाका विभिन्न वडाहरुमा जादै गर्दा स्थानीय तहका जनप्रतिनिधिहरुकै मिलेमतोमा समेत भ्रष्टाचार भएको पाइएको बताए ।
खानेपानी, सडक, कुलो, विद्युत, भवन निर्माण लगायत विकासका योजनाका लागि आएको बजेट कागजी प्रकृया पुर्याएर सिध्याउने काममा मात्र तल्लीन भएको खनालले आरोप लगाए । यसले जिल्लाको समृद्धि र विकासमा बाधा पुग्ने भन्दै सम्बन्धित पक्षबाट कारवाही हुनु पर्ने खनालको माग छ ।

नगरपालिका भित्र के भइरहेको छ रु कति र कसरी बजेट खर्च गरिदै छ रु भन्ने जानकारी सरोकारवाला तथा आम नागरिकलाइ थाहै नदिइ नगरपालिकाले मनोमानी गर्न लागेको अर्का नेता तेजेन्द्र खनालले बताए । अधिकार सम्पन्न स्थानीय सरकारका नाममा नागरिकको अधिकार हनन हुनेगरी गरिएका नगरका गतिविधि प्रति नगरबासीहरु खुसी नभएको भन्दै विस्तारै भ्रष्टाचारको जरो पत्ता लाग्ने खनालको भनाइ छ । यसका लागि प्रमुख जिल्ला अधिकारी, मेयर लगायत जिम्मेवार निकायले चासो दिनुपर्नेमा बेवास्ता भइरहेको खानलले बताए । ध्यानाकर्षणमा पूर्व सांसद रामहरी खतिवडाले जिल्लाको समृद्धि र विकासका लागि भ्रष्टाचार बाधक भएको भन्दै यसको निमूलीकरणका लागि सबै सचेत भएर लाग्नुपर्ने बताए ।

स्थानीय तहमा बढेको भ्रष्टाचार र अनियमितताका विषयमा ध्यानाकर्षण गराउन सिडिओ कार्यालय पुगेका नेपाली कांग्रेसका सभाति प्रदीप कुमार सुनुवार, जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, पूर्व सभापति महेश कर्मोचा, गोमा केसी, नेपाल ट्रेडयुनियनका पूर्व केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, पूर्व सांसद रामहरी खतिवडा, नेता बालकृष्ण दाहाल, तेजेन्द्र खनाल, डिल्ली खनाल, टेकराज भट्टराई, भक्त केसी लगायत नेताहरुले ओखलढुंगामा भ्रष्टाचारको शुन्य शहनशिलता कायम गर्न आफुहरु निरन्तर लागिरहेको बताउदै यसमा प्रमुख जिल्ला अधिकारीको भूमिका सकारात्मक हुनु पर्ने बताए ।

जवाफमा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले नेपाली कांग्रेसको सुरुगरेको भ्रष्टाचार मूक्त समाज निर्माण अभियान अत्यान्त सकारात्मक भएकाले धेरै अधिकार स्थानीय तहलाइ दिएको भएपनि भ्रष्टाचार जन्य गतिविधिमा छुट नभएको बताइन । यसको अन्तयका लागि सबै निकायसंगको सहकार्यमा आफु अघि बढ्ने र त्यसका लागि सबै तह र तप्का बाट सहयोग हुनु पर्ने न्यौपानेले बताइन ।

जिल्लाका अधिकांश गाउपालिका तथा वडा कार्यालयहरुमा कागजी रुपमा हरहिसाब दुरुस्त देखाई फिल्डमा काम नगरी बजेट दुरुपयोग भइरहेको छ भने सडक निर्माणका क्रममा डोजरमा समेत कमिशन राखि भष्ट्रचार गर्ने गरेको पाइएको छ । यसरी हुने भष्ट्रचारमा स्थानीयस्तरका पदाधिकारी लगायत गाउका जान्ने सुन्नेहरुको संलग्न रहने गरेको अनुसन्धानमा आएको छ । कतिपय विकासका योजनाहरुमा त कमिशनको भागबण्डा नै लगाइएको पाइएको छ । यसरी भागबण्डा लगाइदा स्थानीय स्तरका नेता देखि जिल्ला स्तरका नेता तथा कर्मचारीलाई समेत भागबण्डा पुराउने गरेको जानकारीमा आएको छ ।

Related Articles

Back to top button