जीवनमा धोका पाएर धुरुधुरु रोएकी अनु थापा भन्छिन ‘जतिरुनु रोइसके’ (भिडियो सहित)
काठमाडौ १६ माघ । आफुले माया गरेको मान्छे अरुकै अंगालोमा देख्दा कसको पो मन नदुख्ला र हो यतिबेला मोडल अनु थापालाई यस्तै भएको छ । आफुले मनपराएको मान्छेले अर्के केटीलाई लिएर हिडेपछि अनुलाई संकट आएको छ । आफनो मान्छेले अर्कै युवतीसंग लागेपछि अनुले विलौना गर्दै ‘जति रुनु रोइ सके’ भन्न थालेकी छन । अनु थापाको के गल्ती भयो र उनलाई प्रेमीले यसरी छाडे अनुलाई धरधरी रुवाए ?
माथिका हरफहरु मोडल अनु थापाको रियल लाइफमा नभएर रील लाइफमा भएको दृश्य हो । मोडल अनु थापाले अभिनय गरेको ‘जति रुनु रोइसके’ बोलको गीतको भिडियो यतिबेला सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा अनुको आफनो मान्छेले अर्कैसंग माया लगाएको दृश्य देखाइएको छ । गीतमा आफुले माया गरेको मान्छे अर्कै संग हिडेको र आफुलाई धोका दिएको जस्ता शब्दहरु समावेश भएको छ ।
गायिका दिपा लामाको स्वरमा सजिएको उक्त गीतमा चन्द्र घिमिरेको सब्द संकलन रहेको छ । गीतको भिडियोलाई देबराज आचार्यले निर्देशन गरेका छन । गीतको भिडियोमा स्वंयम देबराजको साथमा अनु थापा र सुनिता घिमिरेको अभिनय देख्न पाइन्छ । पदम सुबेदीले भिडियोलाई सम्पादन गरेका छन भने आकर्षक रुपमा चन्द्रिका ठाकुरले छायाँकन गरेका हुन ।
गहकिला शब्द समायोज, सुमधुर, आकर्षक अभिनय, मेहनतका साथ सम्पादन तथा छायाँकनका साथै कलात्मक रुपमा निर्देशित गीतको भिडियो सबै कुराले पूर्णता पाएको छ । निकै आकर्षक बनेको म्युजिक भिडियो युटयुवमा भाइरल बन्न थालेको छ ।