जोडि बिनाको मेहनती हास्य कलाकार
सिमा चाम्लिङ
कला भने पछि सानैबाट हुरुक्कै हुने चर्चित हास्यकलाकार बिष्णु साप्कोटाको जन्म हेटौडामा भएको हो । सापकोटा अहिलेको ब्यस्त कलाकार मध्येमा पर्दछन । उनी अहिले कान्तिपुर टेलिभिजनमा प्रत्येक बुधबार साझ ७स्३० बजे प्रसारन हुने लोकप्रिय कार्यक्रम ूहर्के हवल्दारू का मुख्य कलाकार र लेखक पनि हुन ।
सानै उमेर देखि कलाक्षेत्रमा एकदमै रुचि राख्ने मिहिनेती उनी अन्तत हास्याकलाकार बनेर नै छाडे । बिगत सम्जदै भन्छन उनीरु सानो छदा गाउमा तन्नाको पर्दा बनाएर, बास र काठको स्टेज बनाएर नाटक गर्ने डान्स देखाउने गर्दथे । नाटकका अलबा डान्सको पनि सोख थियो । झटका नामक हास्य सिरियलमा पनि काम गरिसकेका छन । हास्यकलाकार बिष्णु साप्कोटाले १ दर्जन भन्दा बढि ठूलो पर्दाको मुभिमा हास्यकलाकार को भुमिका निभाई सकेका छन । अहिले अतन्तै ब्यास्त कलाकार र चर्चित कलाकारको रुपमा चिनिएका कलाकार बिष्णु साप्कोटा उर्फ हर्केहवल्दार भन्छन, मुख बङ्ग्याउदैमा मात्र हास्यकलाकार बनिदैन धेरै मिहिनेत र लगाब चाहिन्छ, हास्यकलाकार बन्न । कुराकानिको क्रममा उनले भने ।
साथै हस्यकलाकार मा पनि हरेक को जोडि भएको तर आफू एक्लै यो क्षेत्रमा रहेको जस्तै(अरुको मह जोडि, दिपक दिपा, तक्मे माङ्ने, धुर्मुस सुन्तली जोडि हरु छन तर आफू एक्लै यो इन्ड्रस्ट्रीमा टिकिरहेको बताउछन । म मेरो जोडी बिना नै यो क्षेत्रमा टिकिहरेको छु । यो क्षेत्रमा टिक्न लाई कलाको साथमा धेर्यता पनि चाहिने बताउछन । उनले आफ्नै लगानीमा एबम आफ्नै प्रस्तुति मा ठूलो पर्दाको मुभी लिएर आउदै छन । चाडै नै दर्सक को माझमा । हेटौंडामा जन्मिएका उनी २०५९ साल देखि लगातार निरन्तर कलाक्षेत्रमा लागिरहेका छन । ठूलो पर्दाको धेरै मुभिमा उनले विभिन्न रोल निभाएर हसाउदै आएका छन । उनले को एउटा ूखाईरहन्छु निअब मू र अर्को ूगरिरहन्छु नि अब मू भन्ने थेगो बाट निकै समय चर्चित छन । जुन उनको यो थेगो लामो समय दर्सक दिर्घको जिब्रोमा झुन्डिएको थियो र अहिले पनि उनले ूहर्के हवल्दार ू मा पनि तेहि थेगो लगाएर हसाउनु सकिरहेको बिस्वास छ ।
कान्तिपुर टेलिभिजन बाट प्रसारन हुने ूहर्के हवल्दारू मा उनको २ वटा भुमिका छन जुन ूलाहुरे बाू र ूहर्के हवल्दारू २ वटा रोल मा नै उतिकै दमदार भुमिका निभाई रहेका बिष्णु साप्कोटा सबै सित मिलनसार ब्याबहार गर्छन । उनको यी दुई वटै रोल दर्सक माझमा उतिकै लोक पृय छ ।समाजसेवी मिलनसार इमान्दार कलाकार हर्के हल्दार उर्फ विष्णु सापकोटाले मुराकानिकै क्रममा भने ( म मिडियालाई सम्मान गर्छु। मिडिया भनेको हाम्रो ठूलो मित्र हुन कलाकार हरु को लागि र कलाकार र मइडियाको गहिरो सम्बन्ध हुनु पर्दछ ,म उहाँ हरु लाई सम्झिन्छु र मिडिया कर्मी र पत्रकार जिउ हरुलाई धन्नेबाद दिन्छु।