काठमाडौं ६ पुस । गुण्डा नाइके भनेर चिनिने दिपक मनाङगे थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुना मुक्त गर्न आदेश दिएपछि उनी रिहा भएको प्रहरी स्रोतले जनाएको छ । राजीव गुरुङका नाम भएपनि दीपक मनाङ्गेको रुपमा चिनिँदै आएका उनी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गर्दै आएका थिए ।
मनाङ्गेले आफूविरुद्धको फैसला पुनरावेदनका लागि सर्वोच्च अदालतमा निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले तारेखमा छाड्न डिल्लीबजार कारागारलाई आदेश दिएको हो । मनाङ्गेलाई गएको वैशाख ७ गते काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । तत्कालीन पुनरावेदन अदालतले मनाङ्गेलाई पाँच वर्ष कैद सजाय भुक्तानी गर्न आदेश दिएको थियो ।
प्रदेशसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका उनी मनाङको प्रदेशसभा ‘ख’मा विजयी भएका थिए । तर उनी पक्राउ परेपछि उनले सपथ लिएका थिएनन् ।