काठमाडौ १३ पुस । ज्योति विकास बैंकले आफना ग्राहकहरुको सुविधाको लागि ग्राण्डी हस्पिटलमा उपचार गराउँदा छुट पाउने व्यवस्था मिलाएको छ । बैंक र हस्पिटलबीच सम्झोता भएपछि बैंकका ग्राहक तथा कर्मचारीले ग्राण्डिमा उपचार गराउँदा छुट पाउने भएका हुन् ।
सम्झौतामा बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत कोल। अम्रित खन्नाले हस्ताक्षर गरेका छन । यसरी अस्पतालमा छुट पाउनका लागि बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड र कर्मचारीहरुले बैंकको परिचय पत्र अनिवार्य देखाउनु पर्ने छ ।
