झापा १ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ४३९३ नम्बरको तेलको ट्यांकरले ठक्कर दिदा एक पैदलयात्रीको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ७ निवासी ४५ वर्षीय डेनी जोन रहेको प्रहरीले जनाएको छ ।
मृतक जोन चिया मजदुर हुन्। प्रहरीका अनुसार मंगलबार साँझ मेचीनगर नगरपालिका ६ स्थित पालिया खोला नजिकै जोनलाई ठ्क्कर दिएको थियो। टयांकरको ठक्करबाट सडकमा लडेका जोनलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २६५२ नम्बरको यात्रुबाहक बसले थप पेलेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने ट्याकंरसहित चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ भने यात्रुबाहक बससहित चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा जनाइएको छ।