टाटा सुमो र माइक्रो बसले यात्रुलाई अग्रिम टिकट किन दिएनन् ? - Akhabaronline
मुख्य खबर

टाटा सुमो र माइक्रो बसले यात्रुलाई अग्रिम टिकट किन दिएनन् ?

काठमाडौ ३० भदौ /दशैंका लागि लक्षित गर्दे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारले गत मंगलवार देखि नै अग्रिम बस टिकट बुकिङ खुला गरेपनि बी पी राजमार्गमा चल्ने टाटा सुमो र माइक्रो बसले यात्रुलाई अग्रिम  टिकट दिएका छैंनन् ।

बी पी राजमार्गमा ठूला बस स‌ंचालनको लागि दबाब दिएका व्यवसायीले,  यातयात व्यवस्था विभागले साना सवारी साधनको भाडा निर्धारण नगरेको भन्दै टिकट दिन आनाकानी गरेका हुन् । ठूला बस स‌ंचालन गर्न नपाएपछि सफल यातायात, साकिरा, सप्तकोशी, इन्द्रेणी लगायतका व्यवसायीहरुले पूर्व जाने यात्रुहरुलाई काउण्टरबाट रित्तो हात फर्काएका हुन् ।

यता, यातयाता व्यवस्था विभागले २५० किलोमिटर सम्मको मात्र भाडा तय भएको जनाएको छ । भाडा निर्धारण गर्ने विषयमा आन्तरिक छलफल भइरहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए  । सरकारले भाडा निर्धारण नगर्दा व्यवसायीहरुले अन्य समयमा पनि मनलाग्दी भाडा लिने गरेको यात्रुहरुको गुनासो छ ।

Related Articles

Back to top button