टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित - Akhabaronline
खेलकुद

टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित

काठमाडौ । आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार भएको खेलमा जिम्बावेलाई ५ विकेटले पराजित गर्दै नेदरल्यान्ड्स प्रतियोगितामा पहिलो जित हासिल गरेको छ। शीर्ष १२ अन्तर्गत समूह २ को चौथो खेलमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो।

नेदरल्यान्ड्ससँग पराजित भए सँगै जिम्बावेको सेमिफाइनल सम्भावना थप कमजोर बनेको छ। एडिलेटमा भएको खेलमा जिम्बावेले पहिलो ब्याटिङ गर्दै नेदरल्यान्ड्सलाई ११८ रनको कमजोर लक्ष्य दिएको थियो। जवाफमा नेदरल्यान्ड्सले उक्त लक्ष्य १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेदरल्यान्ड्सको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेले त्यस्तै टम कुपरले ३२ रन बनाए। बास डी लिग १२ रनमा अविजित रहे। जिम्बावेका ब्लेसिङ मुजराबानी र रिचार्ड एनगाभाराले दुई दुई तथा लुक जोंग्वेले एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले १९ ओभर २ बलमा अलआउट हुँदै ११७ रन बनाएको थियो। जिम्बावेका लागि सिकन्दर राजाले ४० रन बनाउँदा सिन विलियम्सले २८ रन जोडेका थिए। नेदरल्यान्ड्सका लागि पाउल भान मिइकिरेनले ३ विकेट लिएका थिए।

त्यस्तै ब्राण्डन ग्लोभर, लोगान भान विक र बास डी लिडले २(२ विकेट लिए। यस जितसँगै समूह २ को नेदरल्यान्ड्सले ४ खेलमा २ अंक जोडेको छ। जिम्बावे ४ खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ।

Related Articles

Back to top button