ट्रयाक्टर चोर भाग्दा भाग्दै पक्राउ - Akhabaronline
समाचार

ट्रयाक्टर चोर भाग्दा भाग्दै पक्राउ

काठमाडौ १२ पुस । टयाक्टर चोरेर भाग्दै गर्दा धनुषाबाट ट्रयाक्टरसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका(८ बाट राति ट्रयाक्टर चोरी गरेर भाग्दै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका(४ बस्ने १८ वर्षीय रामकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका(८ स्थित बागबानीनजिकै सञ्चालित जयनाथ साहको बालुवा गिट्टीको डिप्पोमा ट्रयाक्टर लिएर फरार भएका थिए। ना। १ त। ५८८६ नम्बरको ट्रयाक्टर सहनीले चलाएर भाग्दै गरेको अवस्थामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढल्केबरमा गस्तीमा रहेका प्रहरीले ट्रयाक्टर रोकेर चेकजाँच गर्दा चोरीको ट्रयाक्टर ठहरिएकोले तत्काल पक्राउ गरिएको जनाएको छ।

ट्रयाक्टरको साँचो डिप्पोमै काम गर्ने एकजना कामदारले दिएपछि चोरी गरेर भागेको सहनीले प्रहरीसमक्ष बयान दिएका छन्।

 

Related Articles

Back to top button