ठग्ने पनि हद हुन्छ , हेर्नहोस फेसबुकमा कसरी ठगिन्छ ? कसरी छुट्टयाउने नक्कली र सक्कली ?
काठमाडौ ५ पुस । तपाइ हामी सबैले सामाजिक सञ्जाल फेसबुक चलाउदै आएका छौ । समाजिक सञ्जालमा अनेक थरीका ठगहरु सल्बलाइरहेका छन । अधिकांश युवा यवतीहरु वेरोजगार छन । ठग गर्नेहरुको लागि यही माध्यम निशाना छ । आकर्षक तलब सहितको जागिर पाउने आशामा काठमाडौमा युवायुवतीहरु भौतारिरहेका छन । ठुलो संख्याका जागिरको अबसर भन्दै सामाजिक सञ्जाल फेसबुकमा डिमाण्ड देखेपछि त्यही डिमाण्डलाई युवायुवतीहरु फलोअप गर्न थाल्छन ।
जागिर पाउने आशमा उनीहरुसंग कुराकानी हुन थाल्छ । फेसबुकको विज्ञापन हेरेर त्यहा भएको नम्बरमा फोन गरेपछि कार्यलयको लोकेशन दिइन्छ । कार्यालयमा पुगेपछि सुरुमा नै फारम भर्नु पर्ने हुन्छ । उक्त फारामको शुल्क तोकिएको हुन्छ । पहिलो आउनेलाई प्राथमिकता समेत भन्नेर मान्छेलाई जति सक्दो छिटो फारम भर्न लागाइन्छ । फारम भरे पछि तपाइलाई कल गछौ भनेर पठाइन्छ । अथवा कुनै उसका इन्टेष्ट बुझेर नसुहाउने खालको जागिरको प्रस्ताव गरिन्छ । आफनो सोचाइ अनुसारको जव नमिलेपछि पछि खोजी र सम्पर्क गर्ने भनेर पठाइन्छ । यसरी दिनमा हजारौ जनाइ यस्तै जवाफ दिइन्छ । आखिर फारम भर्न ताृकिएको दस्तुर ५०० सय राखे पनि रोजगार मिल्छ भने त्यति ५०० ठुलो कुरा हुदैन तिर्न तयार हुन्छन । तर दिनमा कति जनाबाट ५०० लिइ सकेको हुन्छ हिसाब गर्नुहोस त ?
यही विषयमा हामीले सामाजिक सञ्जाल फेसबुकमा एउटा विज्ञापन देख्यो विज्ञापनमा केही लेखिएको थिएन १२ पासलाई १०० प्रतिशत जागिर यही पोष्टलाई बृस्ट गरिएको रहेछ । पि टु स्टाप फेसबुक एकाउण्टबाट यो पोष्ट बुष्ट गरिएको भेटियो । हामीले उक्त फेसबुकमा सम्पर्क गर्न थाल्यौ । हामीले जागिर खाने बाहाना गरेर सम्पर्क गर्यौ तर फेसवुकमा म्यासेज गरेपछि हामीलाई नम्बर आयो । इमोमा कुरा गर्ने भनेर सुचना पनि आयो । हामी त्यसको लागि पनि तयार भयौ । कुरा गर्ने शैली र पारा उस्तै थियो । अनि हाम्रो फेसब्ुकमा पटक पटक एसएमएस आइरहयो । यो एउटा ठगको सञ्जाल हो । बेरोजगारी युवायुवतीहरुले बुझन जरुरी छ ।



कसरी बच्ने यस्ता ठगबाट
समाजिक सञ्जालमा जागिरको लागि विज्ञापन आयो भन्दैमा ढुक्क नह्ुनुहोस । जागिर दिने कम्पनीको नाम दर्ता भएको छ छैन । आधिकारिकता तिर जानुहोस । कुनै पनि कम्पनीले आफुलाई स्टाप चाहियोभ ने फारम शुल्क उठाउदैन यो कुरामा ढुक्क हुनुहोस । फारममा तपाइलाई शुल्क लाग्छ भन्ने वित्तिकै तपाइ बुझन्ुस यो ठग हो या एजेन्ट हो । यस्ताबाट तपाइ बच्नु हाmे
युवतीलाई त झनै जोखिम
जागिर लगाइदिने वाहानामा युवतीलाई विभिन्न प्रलोभन दिनेहरु प्रसस्तै छन । युवतीले जागिर पाउने आशामा मति पय व्यतिm पय त बलात्कारको शिकार भएर फर्केको पनि सुन्नमा आएका छन । जागिर पाइन्छ भन्दैमा विशेष गरी युवतीहरुले आफनो मोवाइल नम्बर दिनु उचित हुदैन भने आधिकारिक कार्यलयमा बाहेक अन्त भेटन पनि हुदैन । यसरी सञ्जालमा आएको विज्ञापनको आधारमा जागिर खान जादै हुनुहुन्छ भने सकेसम्म एक्लै नजानु नै बुद्दिमानी हुने छ । ठग र फटाहरुको भरमा पर्दा कतिको जिन्दगी नै बर्बाद भएको खबर आइरहेको छ । त्यसैले यस्ता ठाउमा जादा सोच विचार गर्न होस ।
के सबै विज्ञापन ठग हुन त ?
हामीले माथि उल्लेख गरेपछि तपाइको मनकमा लाग्न सक्छ फेसबुक र सामाजिक सञ्जालमा आउने सबै विज्ञापन फेग हुन त ? अवश्य पनि सबै विज्ञापन तथा भ्याकेन्सीहरु फेग नहुन पनि सब्छन । तर पहिचान गर्नु तपाइको जिम्मेवारी हो ।
कसरी पहिचान गर्ने नक्कली र सक्कली
यसका लागि पनि सजिलो छ । तपाइलाई फेसबुकमा कर्मचारीका आबश्यकता भनेर आउने विज्ञापन कुन कम्पनीको पेज अनि प्रोफाइल हो । यति त्यो कम्पनीको आधिकारीक लोगो हरु हेर्न सक्नुहुन्छ । त्यो पेजमा के कस्ता स्टाटसहरु पोष्ट भएका छन । त्यो पनि हेर्न सक्नु हुन्छ । आधिकारिक कम्पनीको लोगो कार्यलयको लोकेशन देखि सबै डिटेलमा छ भने केही हदसम्म त्यो नक्कली नहुन सक्छ । हिजो आज चलेका राम्रो कम्पनीले पनि भ्याकेन्सीहरु आउट गरिरहेको हुन्छ । तर त्यस्ता कम्पनीले फारम बाट कमाउने भन्दा पनि आफुलाई चाहिने दक्ष कामदार छान्न कालगि बुष्ट गरेका हुन्छन ।
AKHABAR ONLINE TV