मनोरञ्जन
गायिका इन्दिरा भट्टराईको डान्सिङ गीत बजारमा (भिडियो सहित)
काठमाडौ २२ पुस । चर्चित मोडल एलिसा राइको ‘एक्सि डेण्ट भयो’ भन्दा अचम्ममा नपर्नु होला मोडल एलिसाको रियल लाइफमा एक्सिडेण्ट भने भएको होइन । पछिल्लो समय अवार्ड लिनमा नै ब्यस्त रहेकी गायिका इन्दिरा भट्टराईको गीत ‘एक्सिडेण्ट भयो न्युरोड गेटमा’ बोलको गीतको शब्दमा भने दुर्घटना भएको हो । उक्त गीत यतिबेला युटयुवमा सार्वजनिक भएको छ । गीतमा एलिसा राइको साथमा नायक श्रीदेव भट्टराइ फिचरिङमा देखिएका छन ।
गीतमा इन्दिरा भट्टराईको स्वर रहेको छ । लालबहादुर सुब्बाको शब्द संगीत रहेको उक्त गीतमा सविन लिम्बुले संगीत एरेन्ज गरेका छन । गम्भिर विष्टद्धारा निर्देशित उक्त गीतको भिडियो युटयुवमा निकै रुचाइएको छ । अफलोड गरिएको केही समयमा नै राम्रो भ्युअर आएको देखिन्छ ।
हेर्नुहोस भिडियो
AKHABAR ONLINE TV