डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पुलिस क्लबलाई तेस्रो स्थान - Akhabaronline
खेलकुद

डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पुलिस क्लबलाई तेस्रो स्थान

 

काठमाडौँ, २८ पुस । नेपाल पुलिस क्लबले दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ । चन्द्रागिरीस्थित न्यू डायमण्डको मैदानमा आज भएको खेलमा पोखराको टप्स माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब तेस्रो भएको हो ।

पुलिसले टप्स माविलाई २५–११, २५–१ र २५–१४ सोझो सेटमा पराजित गर्न सफल भयो । तेस्रो स्थानसँगै पुलिसले रु एक लाख प्राप्त गरेको छ । चौथो स्थानको टप्स माविले रु ५० हजार प्राप्त गरेको छ ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button