काठमाडौं १६ माघ । अनसनरत डा केसीलाई भेटन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की त्रिवि शिक्षण अस्पतालमा पुगेकी छन । डा केसीको अवस्थाबारे जानकारी लिदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकाररले केसीका माग पूरा गर्नु पर्ने बताएकी छिन्। डा। केसी अनशन बसेको स्थल त्रिवि शिक्षण अस्पतालमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डा। केसीसँग एकपटक सम्झौता गरिसकेकाले त्यसबाट पछि हट्न नहुने बताइन्।
डा। केसीको अनशनमा ऐक्यबद्धता जनाउन पुगेकी कार्कीले केसीलाई भेटेकी थिइन्। पूर्वन्यायाधीश कार्कीले डा। केसीले कुनै राजनीतिक दलको पक्षपोषण भन्दा पनि जनताका जायज माग उठान गरेको उनले बताइन्। माथेमा आयोगले तयार पारेको प्रतिवेदन अनुसार डा केसीका माग सम्बोधन हुनु पर्ने उनले बताइन्।
