काठमाडौं २५ पुस । डा. केसी र सरकारबीचमा भएको सम्झौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेपछि डा गोविन्द १६ औ अनसनको तयारीमा ज्ुटेका छन । केही केहीबेरपछि डा केसीले पत्रकार सम्मेलन गरेर अनसन बस्ने तयारी भएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार डा केसीले अपरान्ह ४ः३० बजे इलाममा पत्रकार सम्मेलन गर्दैछन । पत्रकार सम्मेलन गरेर केसी १६ औ पटकको अनसन सुरु गर्ने बताएका छन्।
केसीले इलाम नगरपालिकाको फुलगाछीमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयको पुरानो भवनमा अनसनको तयारी गरेका छन्। सरकारसँग भएको सम्झौता विपरित विधेयक पारित भएपछि डा।केसीले १६ औं अनसनको तयारी गरेका हुन्।
समितिको बुधबार बसेको बैठकले प्रतिवेदन पारित गरेपछि केसीले अनसनको तयारी गरेका हुन्। दाबी गरेका छन्।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=4Q7gtHFgv_c