काठमाडौं १७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीको असन तोडन आग्रह गरेका छन । विगत २३ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई विहिबार भेटेर अनसन तोड्न आग्रह गरेका हुन ।
डा केसीलाई भेट्न विहिबार त्रिवि शिक्षण अस्पताल पुगेका कांग्रेस सभापति देउवाले सरकारले जबरजस्ती गरेर विधेयक पारित गराएको भएपनि उनले तत्काल अनशन भने तोड्न आग्रह गरेका थिए। यस्तै उनले सरकारले केसीसँग वार्ता गर्नु पर्ने समेत बताए। सभापति देउवासँगै कांग्रेस सांसद तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापा पनि केसीको अनशनस्थलमा पुगेका थिए। उनले डा केसीसँग १५ औँ अनशनका क्रममा भएका सहमतिअनुसार विधेयक नल्याएर केसी प्रति सरकार असहिष्णु भएको आरोप लगाए। उनले केसीलाई ज्यान जोखिममा पारेर सत्याग्रह नगर्न पनि आग्रह गरे।