डिस होमद्धारा मासिक ४ करोड रुपैयाँ कर छली - Akhabaronline
मुख्य खबरसमाचार

डिस होमद्धारा मासिक ४ करोड रुपैयाँ कर छली

काठमाडा ९ पुस । आइएमई ग्रुप अन्तर्गतको डिस मिडिया नेटवर्कले कर छलि गरेको भन्ने समाचार सञ्चार माध्यममा आएपछि आज पत्रकार सम्मेलन आयोजना गरेको छ। कम्पनीले पत्रकार सम्मेलन गर्दै अहिलेसम्म ४ अर्ब १० करोड ९१ लाख राजश्व बुझाएको जानकारी दिएको हो।

डिस होमले कुल कर मध्ये भन्सार कर तर्फ रु ८७ करोड २० लाख ११ हजार, रोयल्टी कर तर्फ रु १९ करोड ३५ लाख ४६ हजार, लाइसेन्स र नविकरण तर्फ रु ४ करोड ६८ लाख ३ हजार, आयकर तर्फ रु ४५ करोड ३० लाख १७ हजार र ग्राहकहरुबाट संकलित टि।डि एस। तर्फ ५३ करोड ४५ लाख रुपैंया आर्थिक बर्ष २०७४र०७५ सम्म बुझाएको डिस होमले जनाएको छ ।

डिस होमले ग्राहक संख्या लुकाएर मासिक करिब ४ करोड रुपैयाँ कर छली गर्दै आएको समाचार बिभिन्न संचारमाध्यममा प्रकाशन भएको थियो। समाचार प्रकाशन भएसँगै आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले अनुसन्धान थालेको छ ।

Related Articles

Back to top button