डीएनए नमिलेपछि अरु प्रमाण जुटाएर प्रदीपलाई नै दोसी देखाउने तयारीमा प्रहरी
कञ्चनपुर । निर्मला पन्तको हत्याको आरोप स्वीकारेको भनिएका भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावलको डीएनए रिपोर्ट नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ। प्रदीपसँगै पक्राउ परेका विशाल चौधरीको डीएनएको रिपोर्ट भने प्रहरीले सार्वजनिक गरेको छैन।
नागरिक दैनिकका अनुसार रिपोर्ट जिल्लामा आइसकेको छ तर अझै दुईतीन दिन सार्वजनिक नगर्ने प्रहरीको सोच रहेको स्रोतले जनाएको छ। प्रहरीको जिल्ला नेतृत्वले रिपोर्ट आइ नै नपुगेको दाबी गरेको छ। ‘डीएनको रिपोर्ट आएको छैन। यहाँबाट रिपोर्ट ल्याउन कसैलाई पठाएकै छैनौँ’, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने, ‘अझै दुईतीन दिन यता रिपोर्ट आउँदैन।’ लाहाछाप लगाएको रिपोर्ट प्रहरी पठाएर नै ल्याउने उनको भनाइ छ।
निर्मलाको हत्या आरोप स्वीकारेका प्रदीप र विशालको डीएनए रिपोर्ट मेल नखाएपछि प्रहरीले अपराधको आधार देखिने अन्य प्रमाणको खोजी गरिरहेको प्रहरीका एक उच्च अधिकारीले बताए।