समाचार
ड्रोन चलाउने युवा प्रहरीको नियन्त्रणमा
भक्तपुर १८ पुस । ड्रोन क्यामरा उडाएको भन्दै प्रहरीले भक्तपुरबाट एक जना युवालाई नियन्त्रणमा लिएको छ । अनुमति लिएर चलाउन पाउने कानुनी प्रावधान भएपनि अनुमतीविना सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित घ्याम्पेडाँडाको पिकनिक स्पोटमा ड्रोन क्यामेरा उडाइरहेका सिराहा धनगढी नगरपालिका–२ घर भई हाल कोटेश्वर बस्ने २४ वर्षीय सन्देश लुईटेललाई प्रहरीले नियन्त्रणमा दिएको जनाएको छ ।
प्राप्त जानकारी अनुसार ति युवाको साथमा अन्य दुइ जनालाई पनि नियन्त्रणमा लिएर सोधपुछपछि छाडिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत एवं प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिए।