काठमाडौं २० पुस । लिटिल बुद्धका नामले चिनिएका तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ । जिल्ला अदालतले खानतलासी गर्न बिहीबार अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले शुक्रबार बिहान आश्रममा छापा मारेको हो ।
बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएका थिए । परिवारका सदस्यहरुले खोजीको लागि भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ का सञ्चलाल वाइवा हेटौंडा, रंगशालाकी फूलमाया रूम्बा (डोल्मो) नुवाकोटकी कर्मा तामाङ (चुन्मों) र बाराका सुरेश आलेमगर बमजनको आश्रम हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
‘मैत्रेय बुद्ध’, ‘लिटिल बुद्ध’ लगायत नामबाट चर्चित बनेका बमजनको आश्रममा रहेका उनीहरु लामो समयदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीदिन आग्रह गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।