तपाइको आजको भाग्य थाहा पाउनुहोस राशिफल हेरेर (२०७५ पुस १४ गते शनिबार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दैनिक कार्यमा प्रगति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जोश,जाँगर र उमङ्ग बढ्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ । प्रेममा मनमुटाव आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । –