तपाइको सानो सहयोगले नै संगीतकार पूर्ण गुरुङ जीवन बच्ने छ, सक्दो सेयर गरौ - Akhabaronline
समाचार

तपाइको सानो सहयोगले नै संगीतकार पूर्ण गुरुङ जीवन बच्ने छ, सक्दो सेयर गरौ

 
कस्को भाग्यमा के छ । त्यो कसैले जान्दैन । त्यो त केवल लेखान्तको कुरा हो । लेखान्तमा नभएपछि कस्को केही चल्दैन । यही उदाहरण बनेका यतिबेला संगीतकार पूर्ण गुरुङ । एक ताका निकै चर्चामा थिए उनी । तर जति चर्चा गायक गायिकाको हुन्छ । त्यति चर्चा एरेन्जर र संगीतकारको हुदैन । तर पर्दा पछाडिको हिरो भने तिनै हुन जसको शब्द रचना गर्छन, संगीत कम्पोज गर्छन । संगीतकारले निकालेको धुनलाई गायक गायिकाले स्वरमात्र दिने हुन । अन्तमा चर्चा गायक गायिकाको हुन्छ संगीतकार एरेन्जर रचनाकार सधै पर्दा पछाडि नै हुन्छ ।

गायक तथा संगीतकार पूर्ण गुरुङ सबैले सुनेकै नाम हो तर कमैले चिन्छन उनलाई । कारण उनी गायन भन्दा बढी सगीत तथा एरेन्ज गर्छन । पर्दा पछाडि पूर्ण हिरो नै हुन । उनले संगीत भरेका गीत एरेन्ज गरेका गीत निकै चर्चामा छन । विमल डागीलाई चर्चामा ल्याउने व्यक्ति उनै पूर्ण गुरुङ थिए । विमल डागीले गाएको ‘पानसमा बत्ति बालेका’ बोलको गीतको संगीत तथा एरेन्ज उनै पूर्णले गरेका थिए । त्यसैगरी निकै चर्चामा रहेको गीत ‘दमौलीमा गेट’ जस्ता थुप्रै गीतहरु पूर्ण गुरुङले संगीत तथा एरेन्ज गरेका थिए ।
यसरी उनले यसरी एरेन्ज गरेका तथा संगीत भरेका गीत गाउने गायक गायिका तिनै गीतको माध्यमबा विदेश पुगेर पिआर लिन पुगे तर पूर्ण गुरुङ यतिबेला आफनो उपचार गर्ने खर्च जुटाउन समेत नसकेर टिचिङ हस्पिटलको वेडमा लडिरहेका छन । उनको दुवै मृगौला फेल भएको छ । ४ महिना भित्र मृगौला फेरी सक्नु पर्ने डक्टरको सल्लाह छ । जसका लागि १२ लाख खर्च लाग्ने भनिएको छ । गुरुङसंग भने १२ लाख त परै जावस १२ हजार निकाल्ने क्षमता छैन । उनी निकै पीडित छन । उनको पीडा कसैले बुझेको छैन । उनलाई बाच्न मन छ । तर आर्थिक अभावका कारण उनी उपचार गर्न सकिरहेका छैनन ।

उनको आर्थिक अवस्था देखेर केही व्यक्तिहरुले आफुले सकेको सहयोग गरिदिए उनलाई बचाउन सकिन्थ्यो कि ? उनकी श्रमती अन्जु गुरुङ बताछिन । आफनो श्रीमानको यस्तो हालत छ म एक्लै छु म के गरौ रुदै अन्जु बताउछिन । करिब एक महिना भयो टिचिङ हस्पिटलमा बसेको तर केही प्रगती भाको छैन । खर्चले डाडा काटयो उहाँलाई पनि जाति हुने देखिएनन । उहालाई बचाउन मैले आफनै मृगौला दिन खोजेको छु मिल्छ या मिल्दैन थाहा छैन । तर पनि मैले मृगौला दिएपनि खर्चको व्यवस्था कसरी गर्ने उनी बताउछिन । उनी भन्छिन हाम्रो यो अवस्था दुःखलाई भगवानले पनि देखेनन । कोही भगवान भएर आउछ कि कसैले हाम्रो पीडामा मलमपट्टि गर्छ कि भन्ने त आशा छ तर अहिले सम्म कसैबाट कुनै सहयोग नआएको उनी बताछिन ।
हाम्रो सानो सहयोगले पूर्ण गुरुङको उपचारमा सहयोग पुग्छ भने त्यसैमा हामो पुण्य हुने छ । जसका लागि अन्जु गुरुङको नाममा काठमाडौंको कोटेश्वरमा रहेको ग्लोबल आइएमइ बैकको खाता नम्बर ३६०७०१००१०८८५ मा सहयोग गर्न सकिने छ भने । सिधा सम्पर्क गर्नका लागि ९८५१०४३९६७, ९८५१२७४४९९, ९८४१५३३१०२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Articles

Back to top button