तरुलमा पनि परनिर्भर, भारतबाट ल्याइयाे, २ कराेडकाे तरुल - Akhabaronline
अर्थ

तरुलमा पनि परनिर्भर, भारतबाट ल्याइयाे, २ कराेडकाे तरुल

काठमाडौं १ माघ । तरुलमा पनि नेपाल परनिर्भर छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्याधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । आजको अन्नपूर्ण पोष्टमा यो समाचार छ ।

उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत (करिब दुई करोड रुपैयाँ० तरुत भारतको उत्तर प्रदेशबाट आयाात भएको छ ।

ुअहिले आयात दर भने विस्तारै घट्दो क्रममा छ,ु नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने, ुस्वदेशमै ठुलो परिमाणमा उत्पादन हुन थालेको छ ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=1sycw47H5FM

 

Related Articles

Back to top button