मनोरञ्जन
तिम्रै निम्ती श्वास फेर्छु भन्दै लक्ष्मीलाई लिएर ‘दुरालेकमा..’ कसम खान पुगे अभिनेता अर्जुन (भिडियो सहित)
काठमाडौ ८ पुस । अभिनेता अर्जुन खडका यतिबेला म्युजिक भिडियोमा निकै ब्यस्त छन । प्रत्येक साता जस्तै उनका म्युजिक भिडियोहरु बजारमा आइरहेका छन । अघिल्लो सातामात्रा अर्जुनले अभिनय गरेको गीत इलामकी ठुली को भिडियो सार्वजनिक गरेका अर्जुनको फेरी अर्को गीत सार्वजनिक भएको छ ।
नविन संगीत तथा किरण मगरको स्वरमा सजिएको ‘दुरा लेकमा फुल चढाउला’ बोलको लोक दोहोरी गीतको भिडियो युटयुवमा सार्वजनिक भएको हो । गीतमा शक्ति समरखतीको शब्द संकलन रहेको छ भने संगीत नविन संगीतले गरेका छन । गीतको म्युजिक भिडियोलाई सागर बोहोराले निर्देशन गरेका छन ।
दिपक अधिकारीको छायाँकन रहेको उक्त गीतको भिडियो अभिनेता अर्जुन खड्का र लक्ष्मी उप्रेतीको अभिनय रहेको छ । निकै आकर्षक तरिकाबाट छायाँकन तथा सम्पदन गरिएको उक्त भिडिया निकै अर्थपूर्ण देखिन्छ ।
हर्नुहोस भिडियो