तिहारको दोश्रो दिन आज ‘कुकुर तिहार’, स्वामीभक्त र इमान्दार प्राणीको रुपमा कुकुरको पुजा गरि मनाइदै - Akhabaronline
मुख्य खबरसमाचार

तिहारको दोश्रो दिन आज ‘कुकुर तिहार’, स्वामीभक्त र इमान्दार प्राणीको रुपमा कुकुरको पुजा गरि मनाइदै

काठमाडौ २० कात्र्तिक ।आज तिहारको दोस्रो दिन( कुकुर तिहार । आज कुकुरलाई मिठो खानेकुरा दिएर माला लगाई दिने र पूजा गर्ने गरिन्छ । कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले यसको आज सबैले पूजा गरेका हुन् । कुकुरले आफु आश्रय लिएको घरको सँधै देखभाल र खासगरी रात्री समयमा सचेततापूर्वक सूरक्षा प्रदान गर्दछ । त्यस्तै अन्य हिंस्रक जीवजन्तु, चोर, लुटेराहरुबाट धनमाल र घर मालिकको सूरक्षा गर्दछ ।

चाणक्य नीतिमा कुकुर धेरै खान सक्ने जनावर भएर पनि थोरै खाएर सन्तुष्टि लिनसक्ने, चिर निन्द्रामा नपरि तुरुन्तै ब्युँझन सक्ने, घ्राणशक्ति तेज भएको, सुरो र अत्यन्तचनाखो प्राणी भनेर उल्लेख गरिएको छ । धार्मिक ग्रन्थहरु अनुसार कुकुर यमराजको द्वारपाल हो । कुकुर तिहारका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नाम गरेका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ । महाभारत पुराणको कथा अनुसार धर्मराज युधिष्ठिरले आफू स्वर्ग जाँदा संगै कुकुरलाई पनि लगेको उल्लेख गरिएको छ ।


AKHABAR ONLINE TV 

https://www.youtube.com/watch?v=OeV5s2L97gk

 

Related Articles

Back to top button