त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको हालिमुहाली, यसरी ठगिन्छन यात्रु सरकार बन्यो लाचार - Akhabaronline
समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको हालिमुहाली, यसरी ठगिन्छन यात्रु सरकार बन्यो लाचार

 

काठमाडौ ९ पुस । । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०५० मा २०७ वटा ट्याक्सी राखिए । नेपाल घुम्न आउने विदेशी पर्यटकको पहिलो नजर पर्ने विमानस्थलका ट्याक्सी थोत्रा भएकाले पर्यटन व्यवसायमा प्रभाव पर्ने आवाज उठेपछि विसं २०७० मा पुराना ट्याक्सी हटाएर तिनै व्यवसायीलाई नयाँ दर्ता खुला गरियो । अरु व्यवसायी आउन पाउने व्यवस्था गरिएन ।

विमानस्थलका ट्याक्सीले ठूला झोलाको अतिरिक्त शुल्क, यात्रुलाई होटलमा लगी कमिसन लिने गरेका छन् । विमानस्थलबाट चल्ने ट्याक्सीले एक किमीको रु ७५ शुल्क लिने गरेका छन् । राति भने यसको डेढी शुल्क असुल्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा मात्र ट्याक्सी जाँच गर्ने गरेको छ । उपत्यकाका ललितपुर र भक्तपुरमा समेत जाँच नगर्दा यात्रु ठगिने गरेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा नियम उल्लङ्घन गर्ने सवारीलाई रु पाँच हजारसम्म कारवाही गर्ने व्यवस्था भए पनि रु तीन हजारभन्दा बढी नलिँदा गल्ती गरिरहने गरेका छन् ।

ट्याक्सीमा यस्तै प्रकारका समस्या दोहोरिन थालेपछि विभागले मापदण्डको प्रारुप तयार पारी मन्त्रालयमा पेश गरेको महानिर्देशक लावण्यकुमार ढकालले बताए । मन्त्रालयले मापदण्ड स्वीकृत गरेपछि कार्यान्वयनमा आउने जनाइएको छ । ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम  सधैँ नयाँ दर्ता खुला गर्नुपर्ने बताउछन  । सर्वोच्च अदालतले ट्याक्सीको दर्ता खोल्न दिएको आदेश सरकारले कार्यान्वयन नगरेको उनले सुनाए ।

Related Articles

Back to top button