थाहै नदिई विद्यासुन्दर र चिरिबाबु सुटुक्क विदेश भ्रमणमा - Akhabaronline
राजनीति

थाहै नदिई विद्यासुन्दर र चिरिबाबु सुटुक्क विदेश भ्रमणमा

काठमाडौं, १९ साउन । स्थानीय तहका जनप्रतिनिधि संघीय सरकारका कुनै पनि निकायकालाई थाहै नदिई विदेशभ्रमणमा निस्कने गरेका छन् ।

काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन संघीय मामिला मन्त्रालयको स्वीकृतिविनै विदेश लागेको खुलासा भएको हो ।

संघीय मामिला मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई अनिवार्य भ्रमण गर्नुपूर्व सहमति लिन गत चैत २१ गते सर्कुलर गरेको थियो । उक्त अवधिदेखि अहिलेसम्म ५० पदाधिकारीले मात्र मन्त्रालयसँग भ्रमणको पूर्वस्वीकृति लिएका छन् ।

स्वीकृति लिएरभन्दा जानकारी नैनदिई विदेश जाने पदाधिकारीको संख्या बढी रहेको मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखाले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

AKHABAR TV 

https://www.youtube.com/watch?v=OOWkeMopGc4

Related Articles

Back to top button