दाइजोको निहुँमा २८ वर्षीया रीताको हत्या
भोजपुर २५ पुस । षडानन्द–१२ देउराली झ्याउँपोखरीकी २८ वर्षीया रीता श्रेष्ठको हत्या दाइजोको निहुँमा भएको आशंका प्रहरीले गरेको छ।
प्रहरीले उनका श्रीमान् राजकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको छ। दाइजो नल्याएको विषयमा यातना दिएको पाइएपछि हत्या आशंकामा राजकुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मृतकको शरीरमा नीलडाम र चोट देखिएका कारण घटना शंकास्पद रहेको भोजपुर प्रहरी प्रमुख डीएसपी केशवकुमार थेबेले बताए।
‘झुन्डिएको अवस्थामा शव फेला परेको हो तर नीलडाम र चोट देखिएपछि मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं’, उनले भने, ‘विगत हेर्दा हत्या गरेको हुन सक्ने देखिन्छ। उनका श्रीमान्को नियत सफा देखिँदैन।’ राजकुमारले नै श्रीमती झुन्डिएको भनेर प्रहरीलाई खबर गरेको जानकारी उनले दिएको आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
AKHABAR ONLINE TV