‘दाइजो’ले ज्यान लियोः दुई वर्षे छोरीलाई समेत विष खुवाइन् सीमाले - Akhabaronline
समाचार

‘दाइजो’ले ज्यान लियोः दुई वर्षे छोरीलाई समेत विष खुवाइन् सीमाले

जनकपुरधाम ७ माघ । जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

जनकपुर उपमहानगर–४ सरहन्चिया शान्तिनगरकी २५ बर्से सीमा शमौले दुई बर्षे शिशुलाई समेत विष खुवाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले बताए ।

प्रहरीका अनुसार शर्माले श्रीमान्, सासुससुरा र नन्दबाट थप दाइजो नपुगेको भनी यातना पाइरहेकी थिइन् ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c&t=172s

Related Articles

Back to top button