दाङमा भएको दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना आज राजधानीको शान्ति बाटिकामा द्धिप प्रज्वलन गरिएको छ । नेपाल विद्यार्थी संघ सिटिइभिटि केन्द्रीय समन्वय समितिको आयोजनामा द्धिप प्रज्वलन गरिएको हो । द्धिप प्रज्वलन कार्यक्रममा नेविसका पूर्व महामन्त्री मनोजमणी आचार्य, प्रतिमा गौतम , नेविसंघ नेता दिपक भट्टराई, सिटिइभिटि संयोजक अर्जुन बम लगायतको सहभागीता रहेको थियो ।
नेविसंघ सिटिइभिटिका अध्यक्ष महेन्द्र जंग शाहीको अगुवाइमा द्धिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको नेविसंघ सिटिइभिटिका सचिव अनिल कार्कीले अखवार अनलाइनलाई जानकारी गराएका हुन । सचिव कार्कीका अनुसार सिठिइभिटिमा भएको भएको चिठी काण्डको विषयमा परीक्षा नियन्त्रक तथा बोर्डबीच नेविसंघ सिटिइभिटि समन्वय समितिले वार्ता गरी दुर्घटनामा परी घाइते विद्यार्थीहरुलाई बाँकी अवधीको अध्ययन निशुल्न गर्न पहल गर्ने, दुर्घटनामा मृत्यु हुनेको नाममा अक्षयकोष स्थापना गरी उक्त अक्षयकोष मार्पmत सोही विद्यालयमा नयाँ अध्ययनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्न परिषद मार्पmत पहल गर्ने र मृतका परिवारका सदस्यहरुलाई सिटिइभिटि अन्तर्गतका संस्थाहरुमा रोजगारीको लागि पहल गर्ने गरी वार्ता गरी चिठी काण्डको विषयमा लगायत ज्ञापनपत्रको विषयमा पुन वार्ता गरी बार्ता स्थगित गरेर द्धिप प्रज्वलन गरिएको सचिव कार्कीले बताए । परीक्षा नियन्त्रकले अव्यवहारिक रुपले दिएका चिठी फिर्ता नलिए थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने सचिव कार्कीले बताए ।
शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थीहरु सवार बस शुक्रबार दाङमा दुर्घटना हुदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १३ जना घाइते भएका थिए । १३ विद्यार्थीमध्ये ६ जना डिस्चार्ज भएका छन् भने घाइते पाँच जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ । अन्य दुईजना वीर अस्पतालको ट्रमा सेन्टरकै इमरजेन्सीमा राखिएको छ ।
घाइते जुम्लाकी हिमाली हमालको बाँकेको कोहलपुरबाटै डिस्चार्ज गरिएको थियो भने काठमाडौंमा थप पाँच जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा अछाम मंगलसेनका विक्रम भण्डारी, जुम्ला चन्दननाथका कुसेन्द्र खत्री, रुकुम त्रिवेणीका प्रेमबहादुर खड्का, टीकापुर कैलालीकी समीक्षा रोकाय र चन्दननाथ जुम्लाकी वर्षा रोकाया रहेका छन । उनीहरुमध्ये विक्रम भण्डारी आफन्तसँग बसेको र बाँकी चार जनालाई सीटीईभीटीको प्रशिक्षण केन्द्रको गेष्ट हाउसमा राखिएको छ ।