दाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्याा २२ पुग्यो, पाँच जनाको सनाखत - Akhabaronline
Highlightमुख्य खबर

दाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्याा २२ पुग्यो, पाँच जनाको सनाखत


काठमाडौ ७ पुस । राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा भएमने बस दुर्घटना ज्यान गुानउनेको संख्या २२ पुगेको छ । २२ जनामध्ये पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमध्ये बस चालक घोराही–३ का मदन केसी, शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, पूर्वी रुकुमको भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दंगीशरण गाउँपालिका–१ का सञ्जित रत्गैया, घोराही–१४ का २७ वर्षीय विजय जिएमको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

सल्यान कपुरकोटको बनस्पति उद्यान केन्द्र अवलोकनपछि फर्किएको दाङ घोराहीको कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा शिक्षालयका ३२ जना विद्यार्थी, दुई जना शिक्षक र तीन जना बसका कर्मचारीसहित ३७ जना यात्रु रहेका थिए।
दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेहरुमा पाँच महिला र १० पुरुष रहेका छन्।उनीहरुलाई नेपालगंज रिफर गरिएको प्रहरीले बताएको छ। शुक्रबार बेलुका करिब ५ बजेतिर बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको थियो।

Related Articles

Back to top button