देउसीभैलो खेल्दा रेकर्डेड गीत बजाउन प्रतिबन्ध - Akhabaronline
Uncategorized

देउसीभैलो खेल्दा रेकर्डेड गीत बजाउन प्रतिबन्ध

काठमाडौ २० कात्र्तिक । रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ ।

मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो, उनले भने ।

नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ । देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।


AKHABAR ONLINE TV 

https://www.youtube.com/watch?v=OeV5s2L97gk

Related Articles

Back to top button