नेपाली कांग्रेसका नेता तथा सांसद रामहरी खतिवडाले जनप्रिय भन्दा धन प्रिय भन्ने सिद्धान्त पार्टीमा हावि भएको बताएका छन । एक अनलाइलाई अन्तरवार्ता दिदै खतिवडाले जनप्रिय नेतालाई पार्टीले उच्च पद नदिएको भन्दै धनको पछाडि लागेको आरोप लगाएका छन ।
प्रधानमन्त्री तथा मन्त्रीहरु भनेका जनप्रेमी हुनुपर्ने बताएका छन । सिंहदरवारमा फोटो झुण्डाउनमात्र मन्त्री बन्नुको कुनै अर्थ नभएको बताएका छन । उनले भनेका छन ।, ‘मन्त्री र प्रधानमन्त्री हुनु भनेको फोटो झुण्डाउनका लागि मात्र हैन । हामिले जनतालाई केही गरेर देखाउनु छ । खुशिको कुरा तपाईलाई अवगत गराउ सत्तरी बर्षदेखी बन्न नसकेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा पुरा भयो । दोश्रो काम धेरै बर्षदेखि हुन नसकेको स्थानिय चुनाब गरायौँ । कसले जित्यो ?कसले हार्यो ? मेजर कुरा हैन हामी बहुदलमा बिश्वास गर्छौ । यो हामीले पुरा गर्यौ । हामी लोकतन्त्रमा विश्वास गर्छौ । हिजो कमल थापाहरु सरकारमा हुँदा हामी अटाएनौ तर हामी सरकारमा हुँदा उहाँहरु पनि अटाउनु भयो । प्रचण्डको एक दलमा हिजो कोही अटाएनन् तर आज हामीसंग उहाँ अटाउनु भयो नी । भनेपछि हाम्रो उपलब्धि भने कै यहि हो र हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्दछ ।’
त्यसैगरी पत्रकारले कांग्रेस भित्र एक हातले टिकट दिइन्छ, अर्को हातले अन्य ब्यक्तीलाई पैसा दिएर आधिकारीक ब्यक्तीलाई हराउन पाठईन्छ भन्छन् नी भन्ने प्रश्नमा खतिवडाले यसरी जवाफ दिएका छन ।’ हाम्रो पार्टीमा यतीसम्म भएको त मलाई थाहा छैन तर घात र अन्तरघात भन्ने भएका छन् । हाम्रो पार्टीमा मात्रै हैन एमाले लगाएतका पार्टीमा पनि भएको हामीले सुनेका छौ । मैले भनि सके यस्तो कार्यबाट पार्टीलाई फाईदा हुदैन । सकेसम्म यस्तो कार्यलाई रोक्दै पार्टीलाई मजबुद बनाउनेमा मेरो भुमिका रहन्छ । ‘
त्यसैगरी अर्को प्रश्न प्रदेश नम्वर २ मा चुनाव हुदैछ के अपेक्षा गर्नु भएको छ ? भन्ने प्रश्नको जवाफमा खतिवडाले भनेका छन । ‘पहिलो चरण र दोस्रो चरणको चुनाबमा कांग्रेसलाई आंशिक धक्का परेको कुरा भनिरहन जरुरी छैन तर पहिलो दोस्रो भन्ने सवाल रहेन । लोकतन्त्रको जीत भयो । यो पनि कांग्रेसको जीत हो । केहि समय अगाडि मधेसबादी नेताहरु वारी खाने पारी गएर ढुंगा हान्ने गर्दथे तर अहिले उनिहरु पनि चुनावमा भाग लिन गए । त्यो हाम्रो पहिलो जीत हो । अव अर्को कुरा काग्रेसको गणितिय परिणाम मधेसमा राम्रो आउनेमा ढुक्क हुनुहोस । त्यहाका जनताले नेपाली कांग्रेस पार्टीले गरेका बिकास निर्माणका कार्यको राम्ररी मुल्यांकन गरेका छन र हाम्रो परिणाम सकारात्मक आउनेमा ढुक्क छौ ।’
खतिवडालाई सोधिएको अर्को प्रश्न अन्य पार्टीहरु पनि छन् नी कांग्रेस कै पक्षमा परिणाम आउने आधार चाहीँ के नी ? यसको उत्तर यसरी दिएका छन । ‘म तपाईलाई अनुरोध गर्छु । आफुलाई राष्टवादी बताउने केपी ओली जीहरु आफु सत्तामा हुँदा कानमा तेल हालेर बस्ने तर सत्ताबाट बाहिरिन नपाउदै सबै खत्तम भयो भन्न मिल्छ त रु मैले केपी ओली प्रधानमन्त्री हुँदा संसदमा भनेको थिए चीनमा जादा रेलको कुरा गर्ने, भारतमा जादा तेलको कुरा गर्ने किन लीपुलेकको बारेमा कुरा नगर्ने भनेर मैले भनि सके । नेपाली कांग्रेसले जनतको आवाज बोकेर हिडेको छ । हामीले भुमिसुधार अन्त्य गर्र्र्यौ । बिर्ता उन्मुलन गर्यौ । देशमा बहुदलीय ब्यवस्था ल्यायौँ । माओवादीलाई युद्धबाट यहाँसम्म ल्यार्यौ । अब भन्नुहोस नेपाली कांग्रेसले के गरेको छैन देश र जनताको लागि । हामीले योगदान गरेका छौ त्यसैले जनता हाम्रो पक्षमा छन् ।’
