दोश्रो विश्व कुन खेमर च्यम्पियनशीपमा भाग लिन नेपाली टोली कम्बोडिया प्रस्थान, ५७ केजी तौलमा गुणराज रुचालले प्रतिस्पर्धा गर्दै - Akhabaronline
खेलकुद

दोश्रो विश्व कुन खेमर च्यम्पियनशीपमा भाग लिन नेपाली टोली कम्बोडिया प्रस्थान, ५७ केजी तौलमा गुणराज रुचालले प्रतिस्पर्धा गर्दै

 

काठमाडौ १२ पुस । कम्बोडियामा हुन गइरहेको दोश्रो विश्व कुन कुमर च्यम्पियनशीपमा भाग लिनका लागि नेपाली टोली त्यस तर्पm प्रस्थान गरेको छ । शो खेलका लागि नेपालबाट तीन जना खेलाडी त्यस बुधबार राती त्यस तर्पm प्रस्थान गरेका हुन । जसमध्ये सेमि प्रोफेसनल तर्फ ५७ केजी तौलमा गुणराज रुचाल त्यसैगरी ५७ केसी तौलमा एमाच्युअर तर्फ सुमित महत्व छन भने ५२ केजी तौलमा सनिल चौधरी प्रतिस्पर्धाका लागि कम्बोडिया तर्पm लागेका छन ।

उक्त टोलीलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) का ३ प्रदेशका अध्यक्ष नारायण दाहाल विदाइ गरेका छन । टोलिमा नेपाल राष्ट्रिट मुवाथाइ संघका अध्यक्ष गणेश लाल कक्षपती प्रशिक्षक उत्तम गुरुङ्, असिस्टेनमा सुबास पन्त र अफिसियलमा केशब रानाभाट रहेका छन । दोश्रो विश्व कुन कुमर च्यम्पियनशीप १३ गतेदेखि १५ गते सम्म कम्बोडियामा सञ्चालन हुदैछ । पहिलो दिन  शुक्रबार नेपालका गुणराज रुचाल कम्बोडियासंग प्रतिस्पर्धा गर्दैछन

 

Related Articles

Back to top button