धरानमा जन्मियो दुई टाउको र चार हात भएको अनौठा बच्चा - Akhabaronline
Uncategorized

धरानमा जन्मियो दुई टाउको र चार हात भएको अनौठा बच्चा


काठमाडौ १५ कात्र्तिक । सुनसरीमा एक महिलाले दुई टाउको र चार हात भएको शिशुलाई जन्म दिएकी छन् ।

मंगलबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवा– ८ की सोनम मण्डलले चार हात, दुइ टाउको र दुई खुट्टा भएको शिशुलाई जन्म दिएकी हुन् ।

व्यथा लागेर आएकी सोनमको तत्कालै पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुई टाउको र दुई खुट्टा भएको बच्चा जन्मिएको बताइएको छ ।

यद्यपि स्वास प्रस्वासको समस्याले जन्मेको २४ घण्टा पछि शिसुको मृत्यु भएको छ ।चिकित्सकहरुले नली हालेर स्वासप्रस्वास सहज बनाउन खोजेपनि परिवारले नमान्दा शिशुको निधन भएको बताइएको छ ।

AKHABR ONLINE TV 

Related Articles

Back to top button