धुर्मुस सुन्तली फाउण्डेशनको उदघोष ३ अर्ब लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला - Akhabaronline
समाचार

धुर्मुस सुन्तली फाउण्डेशनको उदघोष ३ अर्ब लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

काठमाडौं १६ माघ । हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने उद्घोष गरेका छन्।
धुर्मुस सुन्तली फाउन्डेसनको आयोजनामा चितवनमा एक कार्यक्रम आयोजना गरी रंगशाला बनाउने उद्घोष गरिएको हो। फाउन्डेसनले भरतपुर महानगरपालिकासँग रंगशाला निर्माणका लागि जग्गा प्राप्ति सम्झौता पनि गरेको छ। भरतपुर १६ मा रहेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गामा रंगशाला बनाइने भएको छ।
विश्वविद्यालयले भरतपुर महानगरपालिका हुँदै फाउन्डेसनलाई जग्गा उपलब्ध गराएको छ। रंगशालाको नाम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रहने फाउन्डेसनले जनाएको हो। तीन वर्ष भित्रमै रंगशाला निर्माण गरेर महानगरलाई हस्तान्त्रण गरिने फाउन्डेसनले जनाएको हो। रंगशाला निर्माणको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button