नायक सरोज खनाल अस्पताल भर्ना - Akhabaronline
Uncategorized

नायक सरोज खनाल अस्पताल भर्ना

नायक सरोज खनाल अस्पताल भर्ना भएका छन् । मृगौलामा पत्थरी भएको कारण उनी अस्पताल भर्ना भएका हुन् । शुक्रवार बिहान डा। सञ्जय खड्गीको टोलीले उनको पत्थरीको अप्रेशन गरेको थियो ।
बल्खु स्थित बयोधा अस्पतालमा उपचार गराइरहेका नायक खनालले आफ्नो स्वास्थ्य स्थिती सामान्य रहेको बताए । ‘बयोधा अस्पतालले आधुनिक प्रविधीले पत्थरीको अप्रेशन सुरु गरेको रहेछ ।’ खनालले भने । स्टोन पुरानो भएकाले अप्रेशनका लागि दुई घण्टा समय लागेको खनालले बताए । ‘मेरो अलि जटिल खालकै स्टोन रहेछ, अप्रेशनका लागि दुइघण्टा लाग्यो । अन्य अप्रेशन एक घण्टामै सकिने रहेछ ।’ खनालको भनाई थियो ।
 
अमेरिकाबाट फर्किएपछि नायक खनाल नेपाल चलचित्रमा चरित्र अभिनेताको रुपमा व्यस्त छन् ।

Related Articles

Back to top button