नायिका निशा अधिकारी आमा बन्दै - Akhabaronline
मनोरञ्जन

नायिका निशा अधिकारी आमा बन्दै

काठमाडौँ, १८ पुस । क्रिकेटर शरद भेष्वाकरसँग ७ महिना अघि लगनगाँठो कसेकी नायिका निशा अधिकारी आमा बन्न लागेकी छन । नायिका निशाले अंग्रेजी नयाँ बर्षको अवसर पारेर उनले फेसबुकबाट यस्तो जानकारी सेयर गरेकी हुन् । निशाले आफू गर्भवती भएको ५ महिना भएको समेत जनाएकी छिन् ।

चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेकी निशाले चलचित्र रिलिज भएपछि आमा भएको घोषणा गरेकी हुन् । उनले, आफूले थाहा नपाइ नै आफू आमा भैसकेको लेखेकी छिन् । जुन दिनदेखि आफ्नो पेटमा बच्चा बस्यो, सोहि दिनदेखि आफू आमा भैसकेको उनले बताइन् ।

Related Articles

Back to top button