काठमाडौं १६ माघ । नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे। निगमसँग आन्तरिक उडानका लागि साना÷मझौला ९ र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन्।
२२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटामात्रै गर्यो। निगम प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनियाँ विमान किलोभिक्टरले काठमाडौं–दाङ–काठमाडौं उडान गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।
अर्को चिनियाँ विमान क्याप्टेन बिरामी बिदामा भएकाले उडेन। अरु ७ वटा विमान मर्मत गर्नुपर्ने अवस्थामा थिए। निवगमको अन्तरिक उडान सञ्चालन विभागद्वारा मंगलबारका लागि जारी गरिउको उडान तालिकामा दुर्गमका लागि उड्ने तीनवटा टिवनटर, सुगम रुटमा उडान गर्ने दुईवटा एमए–६० र दुईवटावाई –१२ ई ग्राउण्डेड भएको उल्लेख छ।
निगमले नेपालगञ्ज र विराटनगरमा पनि जहाज राखेर दुर्गम जिल्लामा उडान गर्छ। तर, मंगलबार ती दुई क्षेत्रीय हव विमानस्थलमा निगमका कुनै जहाज थिएनन्र निगमले काठमाडौंबाट ६ वटा मुलुकका आठ सहरमा ५ वटा विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्छ।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=JRDQuNk9I50