काठमाडौं ७ पुस । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आशंकामा पक्राउ परेका बिशाल चौधरी आज रिहा भएका छन् ।
कञ्चनपुर प्रहरीले आज चौधरीलाई उनका बुवाको जिम्मा लगाएको हो । आवश्यक परेको खण्डमा उपस्थित हुने कागज गराएर चौधरीलाई परिवारको जिम्मा लगाइएको नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए ।
अनुसन्धानका लागि भन्दै पक्राउ गरिएका अर्का आरोपी प्रदीप रावल भने अझै प्रहरी हिरासतमै छन् । उनीहरुको पनि डिएनए परिक्षण नेगेटिभ आएपछि निर्मला हत्या झन रहस्यमय बनेको छ । सरकारले २ हप्ता अघि नै निर्मलाका हत्यारा पक्राउ परेको बताइसके पनि हाल सम्म सार्वजनिक गर्न सकेको छैन ।