निषेधित भारतीय रुपैयाँ ६८ लाख २० हजारसहित दुईजना पक्राउ - Akhabaronline
मुख्य खबर

निषेधित भारतीय रुपैयाँ ६८ लाख २० हजारसहित दुईजना पक्राउ

काठमाडौँ, १८ भदौ । बनस्थलीबाट निषेधित भारतीय रुपैयाँ ६८ लाख २० हजारसहित शनिबार पक्राउ परेका दुईजना सो रकमको मालिक नभई भरीयामात्रै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भूले शनिबार गोंगबु बस्ने बाँकेको कोहलपुर नगरपालिकाकी कृष्णकुमारी राई र गोरखाको श्रीनाथ गाउँपालिकाका अर्जुन भण्डारीलाइ सो रकमसहित पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रबिन्द्र धानुकले प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका दुईजना सो रकमको मालिक नभएको र उनीहरुलाई भरियाको रुपमा मात्रै प्रयोग गरीएको हुनसक्ने देखिएको बताए ।
उनले रकमका वास्तविक मालिकको खोजी भइरहेको र छिट्टै पक्राउ पर्ने बताए  ।
प्रहरीले उनीहरुको साथबाट भारु एकहजार र पाँचसय दरका जम्मा भारु ६८ लाख २० हजार बरामद गरेको थियो ।

Related Articles

Back to top button