निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने - Akhabaronline
मुख्य खबरराजनीति

निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने

काठमाडौँ । निहारिका राजपुतलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने भएको छ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राजपुतलाई आज भेटेर कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्याय दिलाउन सरकार सक्दो प्रयास गर्ने बताएका हुन ।

निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका कानुनमन्त्री कोइरालाले न्याय दिलाउने भन्दै अनशन स्थगित गर्न आग्रह गरे । महोत्तरीस्थित जलेश्वर नगरपालिका–९ निवासी निहारिका बलात्कारबाट जन्मिएको आफ्नो बच्चा र बलात्कार गर्ने पुरुषको डिएनए जाँचको माग राख्दै आमरण अनशन बसेकी छिन् ।

वसन्तपुरमा एक सातादेखि आमरण अनशन बसेकी निहारिकाले यही साउन २७ गते राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको थियो ।

Related Articles

Back to top button