काठमाडौ ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौने दुई घण्टा लामो आफ्नो धारणा राखेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउनका लागि जारी स्थायी समिति बैठक ऐतिहासिक भएको बताएउदै करिब पौने दुई घण्टा धारणा राखेका हुन् ।
बैठकमा दुई अध्यक्षले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे पार्टीका नेताहरुले दिएको सुझावलाई समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै प्रधानमन्त्री केपी ओलीले पनि बैठकमा घारणा राख्ने कार्यतालिका रहेको थियो । तर, समय अभाव भएपछि अध्यक्ष ओलीले भोलि मात्र आफ्नो धारणा राख्ने भएका छन् ।