काठमाडौं १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पास स्थायी कमिटीको बैठक सकिएको छ ।
अध्यक्षद्वय ओली र दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा सुझावसहित सर्वसहमतिले पास गर्दै बैठक सकिएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताएका छन । श्रोतका अनुसार प्रतिवेदनलाई सचिवालय बैठकले अन्तिम रुप दिने निर्णयसमेत भएको छ। पार्टी एकताको सम्पूर्ण काम पूरा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा रामबहादुर थापा, शंकर पोख्रेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे,बेदुराम भुसाल सदस्य रहेको कार्यदल पनि गठन भएको छ।