नेपालले सिक्नु पर्ने पाठ, सिक्किममा प्रत्येक परिवारका एक सदस्यलाई सरकारी जागिर
एजेन्सी । भारतको सिक्किममा हरेक परिवारका एक सदस्यलाई सरकारी जागिरको व्यवस्था गरिएको छ । मुख्यमन्त्री पवन कुमार चामलिङको पहलमा यस्तो योजना अघि सारिएको हो ।
चामलिङले ‘एक परिवार, एक रोजगारी’ नामको योजनाको सुरुवात गरेका हुन् । साथै चामलिङले कृषि क्षेत्रका मानिसहरुका लागि ऋण माफीको घोषणा पनि गरेका छन् ।
चामलिङले पलजोर स्टेडियममा आयोजित रोजगार मेला–२०१९ को क्रममा यो योजनाको आरम्भ गरेका हुन् । साथै, उनले राज्यका ३२ विधानसभा क्षेत्रमध्ये दुई–दुई लाई आफैंले अस्थायी नियुक्ति पत्र पनि दिए ।
यो क्रममा ११ हजार ७ सय ७२ लाई नियुक्ति पत्र जारी गरिएको थियो । चामलिङ स्वतन्त्र भारतमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री पदमा रहने व्यक्ति हुन् ।
यसअघि सिक्किम डेमोक्रेटिक फ्रन्ट सरकारले यो योजना अनुसार २० हजार युवालाई तुरुन्त अस्थायी रोजगारी दिने घोषणा गरेका थिए । अब ती उम्मेद्वारलाई नियुक्ति पत्र दिइएको छ ।
यस्तै चामलिङले अन्य परिवारका सदस्यलाई पनि दस्तावेज दिइने जानकारी दिए । साथै, मुख्यमन्त्रीले यी अस्थायी नियुक्तिलाई अबको पाँच वर्षमा नियमित गरिने र सबैजना स्थायी कर्मचारी बन्ने घोषणा गरेका छन् ।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=4Q7gtHFgv_c